कुमाल जातीबारे बनेको चलचित्र ‘दोभान’


पाल्पा, फाल्गुन १५ - अल्पसंख्यक कुमालजातीबारे बनेको नेपाली कथानक चलचित्र ‘दोभान’ आउँदो शनिबारदेखि प्रदर्शन हुने भएको छ । जिल्लामै पहिलो पटक निर्माण भएको चलचित्र सन्तोष चलचित्र मन्दिरबाट शुभारम्भ हुने भएको हो ।रानिमहल फिल्मस प्रा.लि को पहिलो व्यानरमा निर्माण भएको यो चलचित्रमा अधिकॉश पाल्पाली कलाकारको अभिनय छ । चलचित्रमा कुमाल समुदायको संस्कृतिमा आधारित रहेको तर, व्यवसायिकताका कारण मनोरञ्जनका दृष्य समेट्न बाध्य भएको लेखक तथा निर्देशक इश्वर नेपालले बताए ।कुमालजातीले माटोका भाडा बनाउने, विक्री गर्ने र यसैबाट गुजारा गर्ने चलन थियो । पछिल्लो पुस्ताले भने भारी बोक्ने, अर्काको ज्याला मजदुरी गर्ने गर्छन् 'कुमालको जन्मदेखि मृत्यू प्रक्रियाका विषयमा कथावस्तु समेटिएको छ’ नेपालले भने । प्राय नदी किनार छेउ, रातो कालो माटो कहाँ छ ? भन्दै खोज्ने र यसबाट कलात्मक माटोको भाडा बनाउने यो जातीको पुख्र्यौली पेशा हो । त्यही माटोबाट बनेका भाँडा गाउँ–गाउँ डुलेर बिक्री गृदै दैनिकी  वित्छ, चक्र घुमाउदै अनि त्यहि भाँडा पनि नबिकेर समस्या । गुजाराको लागि अर्काको ज्याला मजदुरी गर्नुपर्ने बाध्यता । हो, उनीहरुको संस्कृती, रहन सहन र परम्परालाई समेटेर चलचित्र निर्माण गरिएको हो । चलचित्रमा लोपान्मुख रुपमा रहेको कुमाल जातिले नाच्ने पाल्पाली कौडा गीतलाई समेटिएको छ । कुमाल जातीले मनाउने चाड पर्व, जन्म, मृत्युको संस्कारलाई चित्रण गरिएको चलचित्रका छायाकार सन्तोष वस्यालले बताए ।कुमालजातीको विवाह लगायत सामजिक रितीरिवाज र उनीहरुमाथि हुने गरेका थिचोमिचोका विषयवस्तुलाई मुख्य कथावस्तु बनाईएको उनले बताए । चलचित्र मार्फत कुमाल जातिको जनचेतना जगाउनुका साथै उनीहरुको रहनसहन र संस्कृति संरक्षणमा सहयोग पुग्ने विश्वास छ । जिल्लाका १२ गाविस र तानसेन नगरपालिकाको केही भागमा कुमाल जातिको बसोवास रहेको छ ।नायक अनिल थापा, नायिका संगीता बस्याल, इश्वर नेपाल, विजय लक्की, मिनुज राना, कुमारी थापा, पार्वती थापा लगायत कलाकारले अभिनय गरेका छन् । कुमाल जातिका कलाकारहरुलाई पनि समेटिएको छ । कुमालको बाहुल्यता रहेको पाल्पाको चिर्तुङ्गधारा गाविसको घोरबन्दा, शिद्देश्वर गाविसको मगरान, असारे साथै गुल्मी, अर्घाखांची, लगायत रुपन्देहीका विभिन्न भागमा चलचित्रको छायाङ्कन गरिएको छ ।तारादेबी बस्याल र निरु नेपालको प्रस्तुती रहको चलचित्रमा कृष्ण पुनः र अमर कौशलको निर्माण, ईश्वर नेपालको लेखन/निर्देशन, सन्तोष बस्यालको संगीत/छायांकन, राजु खनालको नृत्य, राजुराज सोनीको द्धन्द्ध र सुमन थापाको सम्पादन रहेको चलचित्र २ घण्टा १५ मिनेट लामो छ ।

0 comments:

Post a Comment