'हेलो चुरोट छ?'


 'हेलो, चुरोट छ?' अभिनेत्री ऋचा शर्मा ठमेलस्थित आइसबारमा बुधबार अभिनेता कर्मसँग भन्दैथिइन्। दीपक रौनियारद्वारा निर्देशित 'हाइवे'को सुटिङमा कविता नामक युवतीको भूमिका निर्वाह गरेकी ऋचाको फिल्मी संवाद थियो त्यो। वास्तविक जीवनमा धुमपानदेखि टाढै रहने ऋचा फिल्ममा खेलिएको भूमिकाले गर्दा चुरोट तान्नुपरेकोमा अलि दुःखी थिइन्।डान्सबारको एउटा कुनामा कविता र अविरल (कर्म)बीचको भेटघाट खिचिँदै थियो फिल्ममा। अमेरिकामा स्थापित भइसकेका अविरल बिहे गर्न नेपाल आएको हुन्छ। ब्याचलर पार्टी मनाउने क्रममा यी दुई पात्रको भेट भएको प्रसंग फिल्ममा छ।
पाँच मुख्य चरित्रमध्येको ड्राइभर (राजन खतिवडा)की गर्लफ्रेन्ड कविता हिरोइन बन्ने सपना लिएर काठमाडौं आएकी साधारण केटी हो। Read More

0 comments:

Post a Comment