जापानको सुनामिबाट महानायक rajesh Hamal सकुसल.


जापानमा गएको बिनाशकारी भूकम्प र सुनामिको कारण केहि दिन अगाडि जापान पुगेका महानायक राजेश हमाल पनि अफ्ठ्यारोमा परेका छन् तर राजेश एकदम सकुसल रहेको जानकारी फिल्मिखबर डटकमलाइ प्राप्त भएको छ ।केहि दिन अगाडि आफ्नो ब्यक्तिगत कारणले जापान लागेका महानायक हमालले जापान
पुगेकै केहि दिनमा ८.९ रेक्टरको भूकम्प र सुनामिको सामना गर्नु परेको छ । राजेश यति खेर जापानको चिवा सहरमा वसिरहेका छन् । उनका सहयोगी चिरन्जिबि आचार्यका अनुसार भूकम्प र सुनामिले कुनै असर नगरेको र राजेश सकुसल रहेका जनाएका छन् ।

आचार्यका अनुसार उनि बसेको सहर सुनामिको केन्द्रबाट ३०० किलोमिटर टाढा रहेको छ । जापानमा गएको भूकम्प र सुनामिको कारण १३ सय जनाको मृत्यू र १२ जना नेपाली सम्पर्क बिहीन भएको यस अवस्थामा हाम्रा महानायक हमाल आफू सकुसल रहेको र चिन्ता गर्न नपर्ने बताएका छन् । साथै जापानको यो घटना प्रति दुख समेत व्यक्त गरेका छन् ।

0 comments:

Post a Comment