साहसका साथ आउँदैछ साहसी


मुनाल फिल्म प्रालि र विन्दवासिनी चलचित्र मन्दिर पोखराको प्रस्तुति चलचित्र साहसी छिट्टै नै राजधानी र राजधानी बाहिरका सिनेमा घरहरूमा प्रदर्शन हुँदैछ । 'नेपाल भ्रमण बर्ष २०११ लाई सफल पारौं नेपाली चलचित्रलाई माया गरौं' भन्ने मुल नाराका साथ निर्माण गरिएको बासुदेब पोखरेल निर्देशित सो चलचित्र यहि बैशाखको अन्तिम साता या जेष्ठको पहिलो साता सार्वजनिक हुने बताईएको छ ।

साहसीमा महानायक राजेश हमाललाई विल्कुलै नयाँ भुमिकामा उतारिको निर्देशक पोखरेलको दाबी छ । उनका अनुसार साहसीमा महानायक चिनियाँ मार्शल आर्ट खेल उसु अन्तर्गत पर्ने ताइचीको प्रमुख प्रशिक्षकको रुपमा देखिंदैछन् । देशको वर्तमान राजनैतिक परिवेशलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको भनिएको सो चलचित्रमा महायानकको अभिनयलाई धेरैले रूचाउन सक्ने दाबी गर्छन् निर्माता तथा नायक भोजबहादुर गुरूङ ।

उच्च हिमाली क्षेत्रको रंगीविरंगी लेकाली फूल, हिमाली दृष्य तथा ४ हजार मिटर भन्दा माथिको उचाईमा छायांकन गरिएको चलचित्र 'साहसी' ले दर्शकको मन तान्न सहयोग पुर्‍याउने निर्माण पक्षको दाबी छ । साथै यस चलचित्रमा समावेश गरिएको रोइला भजनले नेपाली चलचित्रमा संस्कृती र आफ्नोपनलाई थप टेवा दिएकोले चलचित्र पृथक बनेको दाबी निर्माता गुरूङको छ । यसैगरी चलचित्रमा द्वन्दका दृष्यहरूलाई फरक ढंगले प्रस्तुत गर्ने जमर्को गरिएको द्वन्दनिर्देशक योगेन्द्र श्रेष्ठको भनाई छ ।

राजेश हमाल, गणेश उप्रेती, भोजवहादुर गुरुङ, स्नेहा शर्मा, मणिरत्न पौडेल, शर्मिला श्रेष्ठ, राजु अधिकारी, योग बज्राचार्य, कुलप्रसाद गुरुङ, राजेन्द्र अधिकारी, ज्याक गुरु, छवि सुवेदीलगायतका कलाकारको अभिनय रहेको यस चलचित्रलाई झमबहादुर गुरुङ कुविना गुरुङ र धन माया गुरुङले निर्माण गरेका हुन् । चलचित्रमा संगीत लोकनाथ सापकोटा, छायाँकन सुमन तण्डुकार, नृत्य निर्देशक अजय विष्ट, द्वन्द्वनिर्देशक योगेन्द्र श्रेष्ठ, सम्पादन रोशन लामिछाने र पटकथा/संवादमा मामाभान्जा रहेका छन् । यसैगरी चलचित्रको गीतसंगीतमा लोकनाथ सापकोटा र चलचित्रका गीतहरूमा राजेश पायल राई, अञ्जु पन्त,अन्जना गुरुङ,लोकनाथ सापकोटा र शान्ति प्रिया 'नानु' को स्वर रहेको छ ।

0 comments:

Post a Comment