Osama bin laden was dead.... (ओसामा बिन लादेन मारिएकै हुन् त?)

अमेरिका यतिखेर विजयोत्सव मनाउन मस्त छ। उनीहरु प्रश्न गर्ने मूडमा छैनन्। लादेनको मृत्युबारे शंका उठाउनेहरुको जवाफ ओबामासँग मात्र छ। उनले यसको जवाफ कहिले दिने हुन्, अहिले नै भन्न सकिन्न। घटनाको अर्को पाटो अल कायदाले पनि यसबारे कुनै प्रतिक्रिया दिइसकेको छैन। त्यसैले अहिलेलाई यो प्रश्न प्रश्नमै सीमित  छ। जवाफको आशा चाहिँ गर्न सकिन्छ, किनभने यसअघि अबु मुसाब अल जारकावीको मृत्युपछि पनि उनको शवको तस्बिर सार्वजनिक गरिएको थियो। तर त्यतिञ्जेल लादेन मारिएकै हो भन्ने प्रमाण ओबामाको आधिकारिक वक्तव्यमात्र हो।

 यसरी समुद्रमा खसालिएको थियो शव ? कलाकारले गरेको कल्पना। News By Lok Guragai.

0 comments:

Post a Comment